नागरिक लगानी कोषको लाभांश प्रस्ताव, बोनश कति ?

Dec 22, 2024 10:59 AM Merolagani




नागरिक लगानी कोष(CIT)ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ ।

कोषले हाल कायम चुक्ता पूँजीको कुल १३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ७ प्रतिशत बोनस शेयर रहेको छ भने ६ प्रतिशत नगद लाभांश रहेको छ ।

कोषको पुस ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।




comments powered by Disqus

शेयर बजार सम्बन्धी मन्त्रिपरिषद् बैठकका दुई महत्वपूर्ण निर्णय

Dec 22, 2024 05:09 PM

पुस ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शेयर बजार सम्बन्धी दुई महत्वपूर्ण निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आइतबार सार्बजनिक गरेका हुन् ।