लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

Dec 23, 2024 09:33 AM Merolagani



लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले पुस २९ गते, सोमबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




comments powered by Disqus

७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2024 09:25 AM

पुस १४ गते, आइतबार, ७ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त र चिलिमे हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।