एक सातामै ३३६ करोड आम्दानी, कुन व्यवसायमा भयाे फलिफाप ?

Dec 29, 2024 05:42 PM Merolagani



आफ्नो कडा परिश्रम र समर्पणले केहि व्यक्तिहरूले सफलताको नयाँ इतिहास रच्ने गरेका हुन्छन्। यीनै इतिहास बनाउने अर्का व्यक्तिको नाम पनि थपिएकाे छ । कक्षा १२ मा अनुत्तिर्ण हुँदाहुँदै पनि ठूलो सफलता हासिल गरेका व्यक्ति भारतका हुन् ।

तामिल नाडुमा जन्मिएका गिरीश मातृबुथम कक्षा १२ मा फेल भए । पास नभएपछि उनका परिवार र आफन्तले उनलाई धेरै नै जिस्काए तर उनले हार मानेनन् । त्यहिँ असफलताले नै आज उनलाई सफल ट्राभल व्यवसायी बनाएकाे छ । यति मात्र होइन, असफलताले नै सफल बन्न झकझकाउँदा हाल उनको कम्पनी अमेरिकी स्टक एक्सचेन्जमा पनि सूचीकृत भइसकेकाे छ ।

खासगरी, १२ कक्षाको परीक्षामा गिरिश फेल भएपछि आफन्त र साथीभाइले उनलाई रिक्सा चालक मात्र बन्न सक्छ भन्दै गिल्ला गर्थे । तर, यी सबै सुन्दा पनि उनले आफ्नो पढाइ भने जारी राखे र अन्ततः एचसीएलमा जागिर पाउन सफल भए। त्यसपछि, उनले सफ्टवेयर कम्पनी जोहोमा प्रमुख इन्जिनियरको रुपमा काम गर्न थाले ।

८४,८०० करोडकाे कम्पनी

गिरीश माथरुबुथमको कम्पनीको नाम "फ्रेशवर्क्स" हो । यस कम्पनीले आईटी सम्बन्धित समस्याका समाधानहरू प्रदान गर्दछ। आज यो कम्पनीको मूल्य ५३ हजार करोड भारतीय रुपैयाँ छ । गिरीशले सन् २०१० मा जोहोमा जागिर छाडेपछि फ्रेशवर्क्स सुरु गरेका थिए । २०१८ सम्म, कम्पनीको १२५ देशहरूमा एक लाख भन्दा बढी ग्राहकहरू थिए। गिरीशको हाल फ्रेशवर्क्समा ५.२२९ प्रतिशत शेयर छ, जसको कुल सम्पत्ति करिब २,३६९ करोड भारतीय रुपैयाँ छ।

७ दिनमा नै ३४० करोड भारू कमाए

गत साता गिरीशले फ्रेशवर्क्सको शेयर बिक्री गरेका थिए । उनले ७ दिनमा कुल ३९.६ मिलियन डलरको शेयर बेचेका छन्, जुन करिब ३३६.४१ करोड भारतीय रुपैयाँ बराबर छ। साेहि अनुसार उनले एक सातामा ३३६ करोड भारतीय रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । यससँगै, गिरीश फ्रेशवर्क्ससँग सास (SaaS) (सफ्टवेयर ऐज अ सर्भिस) व्यवसायमा प्रवेश गरे जुन सास उद्योगमा अग्रणी नाम बनेको छ।

SaaS व्यवसाय के हो ?

SaaS को बारेमा कुरा गर्दै, यी कम्पनीहरूले आफ्ना ग्राहकहरूलाई अनलाइन सफ्टवेयर समाधानहरू प्रदान गर्छन्। सफ्टवेयर खरिद र इन्स्टल गर्नुको साटाे, ग्राहकहरूले यी समाधानहरू प्रयोग गर्न सदस्यता लिन्छन्। यसले कैयाैं प्रकारका सुविधाहरू प्रदान गर्दछ । जसबाट उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न सजिलो बन्दछ।

एजेन्सीकाे सहयाेगमा ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।