प्रि ओपन सेसन अपडेटः ४ अंक बढ्यो नेप्से

Dec 31, 2024 10:53 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार २१.१२ अंक घटेर २६०९.५८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.११ अंक बढेर २६१३.७०८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९६ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ५७ स्टकको ९३ पटकको कारोबारमा ७८ लाख ७९ हजार ७३ रुपैयाँ ४० पैसाबराबरको १२ हजार ८४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jan 12, 2025 10:34 AM

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।