उनले एक्समा केकिम्स मिक्सिमस नाम राखेका छन्। यति मात्र होइन,मस्कले आफ्नो प्रोफाइल फोटो पनि परिवर्तन गरेर पेपे द फ्रग( Pepe the Frog) बनाएका छन् । पेपे द फ्रग एक मिम क्यारेक्टरकाे नाम हाे।
नयाँ वर्ष सुरु हुनु अघि नै एलन मस्कले एक्समा आफ्नो नाम परिवर्तन गरेपछि मानिसहरूले विभिन्न अनुमान लगाइरहेका छन्। तर, यसअघि पनि मस्कले एक्समा आफ्नो नाम परिवर्तन गरिसकेका छन् । यस्तै, उनले आफ्नो प्रोफाइल फोटोमा मिम पनि राखेका थिए ।
एलन मस्कले नयाँ वर्षमा क्रिप्टोकरेन्सी क्षेत्रमा केहि ठूलो गर्न सक्ने विश्वास गरिएकाे छ। यसका साथै, उनले आफ्नै सिक्का पनि सार्वजनिक गर्न सक्ने सम्भावना रहेकाे छ ।
![](https://images.merolagani.com/Uploads/Repository/638712685642567343.png)
उनको नयाँ एक्स नामको बारेमा कुरा गर्दै, केकियस म्याक्सिमस एक क्रिप्टोकरेन्सी टोकन हो जुन इथरियम र सोलानामा आधारित छ। याे टोकनले अचानक गति लियो र यसको मूल्य केवल २४ घण्टामा यसकाे मूल्य ५०० प्रतिशतले बढेको छ।
२४ घण्टामा केकियसको कारोबार रकम बढेर करिब ३० लाख पुगेको छ । पहिले पनि ,एलन मस्कले डोजकोइनका विषयमा पनि यस्तै केहि गरेका थिए । साेहि कारण क्रिप्टोकरेन्सीका लगानीकर्ताहरू धेरै उत्साहित छन्।
हालसम्म भने एलन मस्कले केकियसलाई समर्थन गरेका छैनन्। उनले नाम र प्रोफाइल तस्बिर मात्र परिवर्तन गरेका छन्। यसबाट मस्कले कसरी अप्रत्यक्ष रूपमा क्रिप्टो बजारलाई प्रभाव पार्न सक्छन् भन्ने कुरा स्पष्ट भएकाे छ। उनले यसअघि पनि कैयाैं पटक यस्तो गरिसकेकाले यो कुनै नौलो कुरा भने होइन ।
![](https://images.merolagani.com/Uploads/Repository/638712686787166058.png)
पछिल्लो केही वर्षयता विश्वका केही राष्ट्रका मानिसहरू क्रिप्टोकरन्सीमा चासो देखाइरहेका छन्। यसैगरी, बिटक्वाइनकाे मूल्य पनि तिव्र गतिमा बढ्दै गएको छ र हालै बीटीसीले हालसम्मकै उच्चस्तर छोएको छ र अहिले एउटा बिटक्वाइनको मूल्य करिब एक कराेड २९ लाख ४८ हजार रूपैयाँ बराबर भएको छ। सन् २०२५ को अन्त्यसम्ममा बिटक्वाइनको मूल्य १ कराेड ९२ लाख रुपैयाँ पुग्न सक्छ। वर्षको सुरुवातको एक दिन अघि एलन मस्कको यो कदमले पनि क्रिप्टोकरेन्सीको युग नसकिएको र यसको सम्भाव्यता ठूलो रहेको देखाउँछ।
एजेन्सी ।