७ कम्पनीको शेयरमूल्य समायोजन

Jan 03, 2025 06:49 AM Merolagani



पुस १९ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ कम्पनीको शेयरमूल्य समायोजन भएको छ।

यस दिन नेप्सेमा हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, कालिका पावर, लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त र मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुको बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।