अप्पर सोलु हाइड्रोको नाफा बढ्यो, ईपीएस कति?

Feb 06, 2025 12:40 PM Merolagani



अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.६९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६.०७ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ६.२३ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २०.२२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८.७९ प्रतिशत बढेर २१ रुपौयँ २२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.९५ गुणा रहेको छ।

१ अर्ब ३५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ६८ लाख रुपैयाँ रहेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।