चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९.५५ प्रतिशत बढेर ७ करोड १९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १०.२८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १०.८७ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने ६६.०५ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ १८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.१९ गुणा रहेको छ।
३५ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १० करोड ३३ लाख रुपैयाँ छ।
![](https://images.merolagani.com/Uploads/Repository/638745205034184309.png)