चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ५१ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.०१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४४ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २.२३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४०.८३ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी १.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज १० करोड ३ लाख रुपैयाँबाट घटेर ३ करोड ५ लाख रुपैयाँमा झरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो। पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड १६ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २४ रुपैयाँ १ पैसा पुगेको छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ७१ रुपैयँ ४९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ३३.७८ गुणा रहेको छ।
४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा लघुवित्तले २२ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३३ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638744472466716352.png)