स्वरोजगार लघुवित्तको नाफा उल्लेख्य बढ्यो, प्रतिशेयर आम्दानी कति?

Feb 10, 2025 01:29 PM Merolagani



स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२४.६२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.२१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ११.९९ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४५.९० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २५८.८१ प्रतिशत बढेको छ।

दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १६ करोड २१ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ३२ पैसा रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ७४ पैसा बढेर २६ रुपैयाँ २३ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ३४.६६ गुणा रहेको छ।

६७ करोड ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४२ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले पुस मसान्तसम्ममा ८ अर्ब ६३ करोड ३१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ८ अर्ब ८५ करोड ४५ रुपैयाँ कर्जा प्रवाह गरेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।