यस साता ५ कारोबार दिनमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने ३ कारोबार दिन नेप्से घटेको थियो। यस साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेप्से उच्च अंक बढेर बन्द भएको थियो।
यस साता फ्लोट इण्डेक्स ९.७५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५९ अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ९ अर्ब १५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ३९ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १३.५४ प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या १७.८२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ११.६० प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण १.५९ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ७० अर्ब रुपैयाँ बढेर ४४ खर्ब ७९ अर्ब पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ। गत साता २५७४.७६ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता १४७.६३ अंक बढेर २७२२.३९ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४६३.६३ अंक बढेको छ।
विकास बैंक उपसमूहको परिसूचक यस साता सर्वाधिक २.३७ प्रतिशत घटेको छ। गत साता ५८६४.५२ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साा १३९.०८ अंक घटेर ५७२५.४४ विन्दुमा झरेको छ।

यस साता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ७५ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ।

यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक २७.०६ प्रतिशत बढेको छ। गत साता ४ हजार ६७५ रुपैयाँमा रहेको यस कम्पनीको शेयरमूल्य, यस साता ५ हजार ९४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सेन्ट्रल फाइनान्सको शेयरमूल्य २० प्रतिशत बढेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य साढे १६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक १९.१९ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एनएलजी इन्स्योरेन्स कम्पनी, सम्पदा लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने रिभर फल्स पावर, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर, माउन्टेन इनर्जी नेपाल लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

