उल्लेख्य बढ्यो तेह्रथुम पावरको खुद नाफा, ईपीएस कति?

Feb 09, 2025 02:05 PM Merolagani



तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१५.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८३ अंक बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३२.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३.१० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २५.७२ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ६५ पैसा बढेर १९ रुपैयाँ ८८ पैसा रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.८६ गुणा रहेको छ।

४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।