चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ९ करोड २१ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १० करोड ७६ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २२.५० प्रतिशत बढेर १ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च घटेका कारण विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १८.२१ प्रतिशत घटेको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ९४ पैसा घटेर १ रुपैयाँ ८७ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घट्न पुगेको हो। पुसको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १०५.०८ गुणा रहेको छ।
२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने २१ करोड ४२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
![](https://images.merolagani.com/Uploads/Repository/638747926855194091.png)