सुनको मूल्यमा भारि गिरावट

Feb 12, 2025 10:35 AM Merolagani



माघ ३० गते, बुधबार, नेपाली बजारमा सुनको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।




comments powered by Disqus

धमाधम लाभांश घोषणा गर्दै बीमा कम्पनी, ४ जीवन र ५ निर्जीवनले घोषणा गरे लाभांश

Feb 15, 2025 11:03 AM

नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । नेप्सेमा सूचीकृत १२ जीवन बीमा र १२ निर्जीवन बीमा गरी सूचीकृत २४ बीमा कम्पनीमध्ये ९ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् ।