जसपश्चात् शाहकाे मुटुमा स्टेन लगाइएको छ । अहिले उनकाे अवस्था सुधारोन्मुख रहेको छ । उनी अझै तीन दिन अस्पतालमै रहनेछन् ।
यसअघि पनि पूर्वयुवराज पारसलाई तीन पटक हृदयघात भएकाे थियाे । थाइल्याण्डमा रहँदा पनि पारसलाई हृदयघात भएको थियो । २०७५काे माघमा हृदयघात हुँदा पनि उनको नर्भिक अस्पतालमै उपचार गरिएको थियो । त्यस्तै, अर्को एक पटक पनि उनलाई हृदयघात भएकाे थियाे ।