करिब साढे २ महिनापछि २६०० विन्दुमुनि नेप्से, कारोबार रकम भने बढ्यो

Mar 25, 2025 03:26 PM Merolagani



मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २६ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

यस दिन नेप्से घटेसँगै २६०० विन्दुमुनि झरेको छ। नेप्से परिसूचक करिब साढे २ महिनापछि २६०० विन्दुमुनि झरेको हो। यस अघि गत माघ ३ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो। सो दिन नेप्से परिसूचक २५८८.६२ विन्दुमा बन्द भएको थियो। सोपश्चात आज नै नेप्से २६०० विन्दुभन्दा तल झरेको हो।

यस दिन नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.९३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। सोमबार ४ अर्ब ४८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ६२ हजार २१ पटकको कारोबारमा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँबराबरकाे १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन मूल्य बढेका स्टकहरुको सूचीमा अधिकांश ऋणपत्र र म्युचुअल फण्डहरु रहेका छन्। यस दिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ४.५२ प्रतिशत बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.७३ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ भने इस्टर्न हाइड्राेपावरकाे शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष सनमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड २० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल पुनर्बीमा कम्पनीको करिब साढे २१ करोडको शेयर खरिदबिक्री भएको छ भने युनाइटेड मोदी हाइड्रोपावरको साढे १७ करोडको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.५० प्रतिशत घटेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।




comments powered by Disqus

दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM

अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।