१५ मिनेटको औषत कारोबार मूल्य अन्तिम मूल्य कायम हुँदा नेप्सेमा के कति फरक पर्यो?

Mar 20, 2025 03:39 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज चैत ७ गते, बिहीबारदेखि दुई बजेर ४५ मिनेट देखि ३ बजेसम्म कारोबार हुने शेयरको अन्तिम भारित औसत कारोबार मूल्य नै अन्तिम कारोबार मूल्य कायम हुने व्यवस्था लागु गरेकाे छ।

 

यसले गर्दा अधिकांश स्टकहरुको मूल्य परिवर्तन भई सूचकहरु पनि परिवर्तन भएको छ।

औषत मूल्य गणना गर्नु अघि १२.३८ अंक घटेर २६६९.७६ विन्दुमा बन्द भएको नेप्से, औषत गणना पछि १२.८४ अंक घटेर २६६९.३१ विन्दुमा बन्द भएको छ। त्यस्तै, बजार बन्द हुँदा १.९७ अंक घटेको सेन्सेटिभ इण्डेक्स, औषत गणना पछि २.२१ अंक घटेको छ।

यसैगरी, बजार बन्द हुँदा ७.५३ प्रतिशत बढेको दोल्ती पावर कम्पनीको शेयरमूल्य औषत गणनापश्चात ६.९० प्रतिशत बढेको छ। यसरी अधिकांश कम्पनीहरुको शेयरमूल्य परिवर्तन हुँदा सबै उपसमूहका परिसूचक तथा समग्र सूचक पनि परिवर्तन हुन पुगेको हो।

बिहीबार नेप्से परिसूचक १२.८४ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.२१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यस दिन ३१२ स्टकको ५५ हजार ४७६ पटकको कारोबारमा ४ अर्ब ५६ करोड १३ लाख ११ हजार रुपैयाँबराबरको ९५ लाख ९९ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन दोल्ती पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ६.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन एशियन हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ। यस दिन दुई स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मिथिला लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड २१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने सिन्धु विकास बैंकको साढे १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ०.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.२६ प्रतिशत घटेको छ। बाँकी ११ उपसमूहको परिसूचक यस दिन सामान्य घटेको छ।




comments powered by Disqus

एमएलए नभएको भन्दै पोल्याण्डद्धारा सुमनाको नागरिकताबारे जानकारी दिन अस्वीकार

Mar 20, 2025 04:51 PM

पोल्याण्डले दुई देशबीच सूचना आदान प्रदानसम्बन्धी सम्झौता अर्थात् म्युचुअल लिगल एग्रिमेन्ट (एमएलए) नभएको भन्दै पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमना श्रेष्ठको नागरिकता लगायतका कुनै पनि विषयमा जानकारी दिन अस्वीकार गरेको छ ।