पिए भूपदेव र प्रहरी प्रमुख राजु पाण्डेलाई कारवाही गर्ने दबाब पछि गले बालेन, गुरागाईसंगको सम्वन्ध कसरी मिलाउलान् ?

Apr 12, 2025 06:19 PM mero lagani



सधै आक्रामक रहने काठमाडौं महानगरपालिका मेयर बालेन साह अहिले चौतर्फीरुपमा एक्लिएपछि तनावमा परेका छन् । यसै पनि कम बोल्ने र कर्मचारी तथा जनप्रतिनिधिलाई कमै मात्र भेटने साहले अघिल्लो विहीबारप्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउने आफ्नो प्रयास असफल भएपछि निराश भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । 

गुरागाईले हाजिर गर्ने दिन र शुक्रबार कार्यालयमा उपस्थित नभएका मेयर साह सोमबारदेखि कार्यालय गइरहेका छन् । तर, यो बीचमा उनले उपमेयर सुनिता डंगोल, प्रशासकिय अधिकृत गुरागाई र जनप्रतिनिधहरुसंग भेटघाट गरेका छैनन् । डंगोल अहिले देश बाहिर छन् भने गुरागाईसंग उनले एक पटक पनि भेटेका छैनन् । गुरागाईले पनि वास्ता गरेका छैनन् ।

स्रोतका अनुसार विहीबारको घटनापछि ‘शोकमा परेजस्तै’ भएका बालेन आफ्ना पिए भूपदेव साहमाथि भ्रष्टाचारको आरोप लगाउंदै कर्मचारीहरुले वर्खास्त गर्न दबाब दिएपछि थप मर्माहत भएका छन् । कर्मचारीहरुले भूपदेवलाई नहटाए मेयरको कुनै पनि आदेश पालना नगर्ने चेतावनी दिएका छन् ।

त्यस्तै कानुन विपरित गएर मेयर बालेनले महानगरका प्रहरी परिचालन गरेको भन्दै व्यापक विरोध भइरहेको छ । महानगरमा बालेनको सबैभन्दा बलियो दस्ता मानिएको महानगर प्रहरी प्रमुख राजु पाण्डे आफूमाथि कारवाही हुने अवस्था आएपछि अहिले प्रशासकिय अधिकृत गुरागाईसंग हारगुहार गरिरहेको कर्मचारीहरु बताउंछन् । कानुन अनुसार महानगरको प्रहरी परिचालनको जिम्मेवारी पाएर प्रमुख प्रशासकिय अधिकृत गुरागाईले विहीबार हाजिर गर्ने क्रममा आफूमाथि ज्यादती गरेका पाण्डेमाथि अहिलेसम्म कुनै कारवाही प्रकृया शुरु गरेका छैनन् ।

‘शायद उहाँ मौकाको पर्खाइमा हुनुहुन्छ वा पाण्डेलाई नै हात लिएर मेयर बालेनलाई थप कमजोर बनाउन सकिन्छ भन्ने बारेमा केही सोचिरहनु भएको हुनसक्छ’ महानगरका एक उच्च अधिकारी भन्छन् । उनका अनुसार भोलिका दिनमा गुरागाई संगको सम्वन्ध जसरी अगाडि बढे पनि मेयर बालेन पहिले जस्तो आक्रामक हुने सम्भावना भने लगभग सकिएको छ । ‘राजीनामा दिएर भिड्छु भन्ने मुर्खता गर्ने हो भने अलग कुरा अन्यथा विहीबारको घटना र त्यसयता उनको मौनता हेर्दा अब पहिलेका र अबका मेयर बालेनमा आकासपातालको फरक हुने निश्चित छ,’ उनले भने ।




comments powered by Disqus

गभर्नरमा डा. भट्ट ‘कन्फर्म’ भएकाे कुरा के हाे ? डा.निलमको आधा—आधाको हिसाब यसरी विग्रियो

Apr 17, 2025 11:26 AM

भनिन्छ, जब इमान्दारहरुबीच खुट्टा तानातान हुन्छ, तब खराब मान्छेले मौका पाउंछ र जब खराबहरुका बीचमा खुट्टा तानातान हुन्छ, तब इमान्दारले मौका पाउंछ ।