सुनको मूल्यमा निरन्तर तेस्राे दिन नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

Apr 13, 2025 10:52 AM Merolagani



चैत ३१ गते, आईतबार, २०८१ सालको अन्तिम दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । पछिल्ला तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो ।

यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

यस दिन चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

 




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।