उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो मापदण्डको शीर्षक ‘जीबी३८०३१–२०२५’ राखिएको छ।
संशोधित मापदण्डमा केही महत्वपूर्ण सुधारहरू गरिएका छन्। यसमा ब्याट्रीको ताप सम्बन्धी परीक्षणमा परिमार्जन गरिएको छ, जसअन्तर्गत आवश्यक तापक्रम, परीक्षण अवलोकनको समय तथा सवारी परीक्षणको अवस्था अझ स्पष्ट रूपमा उल्लेख गरिएको छ।
त्यस्तै, ब्याट्रीमा पटक–पटक तीव्र चार्ज गरेपछि त्यसको सुरक्षा अवस्था जाँच गर्न नयाँ परीक्षण पनि थपिएको छ। अब ३०० पटकसम्म तीव्र चार्ज गरेपछि बाहिरी छोटो सर्किट परीक्षण गरिनेछ।
संशोधित मापदण्डले यो नियम सवारीसाधन चलाउन प्रयोग हुने शक्ति ब्याट्रीहरूमा मात्र लागू हुने उल्लेख गरेको छ। यो कदमले विद्युत् सवारीको सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।