शेयर बजारको वर्तमान परिदृश्यका बारेमा गहन छलफल गरिदै

May 06, 2025 02:44 PM Merolagani



नेपालकाे शेयर बजारकाे परिदृश्यका बारेमा गहन छलफल गर्न लागिएकाे छ । नेपाल शेयरबजार लगानीकर्ता संघले भाेलि बुधबार बिहान ९ बजे नेपालकाे शेयर बजारका बारेमा गहन छलफल गर्न लागेकाे हाे ।

युनिटी फूड क्याफे, चापागाउँ डोबाटो, ललितपुरमा शेयर बजारका बारेमा समसामयीक बिषय छलफल गरिने नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव रबिन कँडेलले बताए ।

'नेपालको शेयर बजारको वर्तमान परिदृश्यमा गहन छलफल तथा विचार आदान-प्रदान गरिने छ,' उनले भने । यसका लागि नेपाल शेयरबजार लगानीकर्ता संघले औपचारिक निमन्त्रणा गरिसकिएकाे छ ।




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।