चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको लाभांश आम्दानी ४३.४८ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १८.२० प्रतिशत घटेको छ। यद्यपि, कम्पनीको कुल आम्दानी २८.७६ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च समीक्षा अवधिमा १३९.४१ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ १० पैसा बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ २२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४५.५३ गुणा रहेको छ।
१ अर्ब २८ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा १२ करोड ३ लाख रुपैयाँ सञ्चित छ।
