चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२७.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि उच्च बढेको हो।
समीक्षा अवधिमा कम्पनीको सेवा शुल्क, ब्याज तथा अन्य आम्दानी २५३.६४ प्रतिशत बढेको छ। कम्पनीको प्रशासनिक खर्च समीक्षा अवधिमा १८.३० प्रशित र कुल खर्च ३३.५६ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३२ रुपैयाँ ३९ पैसा बढेर ४५ रुपैयाँ ५१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५६.१५ गुणा रहेको छ।
१ अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा भने ७४ करोड ३९ लाख रुपैयाँ रहेको छ।
