गभर्नर पौडेलसंग नझुक्ने ‘मुड’मा निलम, डेपुटी गभर्नरसँगको ‘३६’को आंकडा कसरी मेल खाला ?

May 21, 2025 04:37 PM mero lagani



गभर्नर हुने आफ्नो महत्वकांक्षामा ठेस लागेपछि  नेपाल राष्ट्र वैंककी डेपुटी गभर्नर डा. निलम तिमिल्सिनाले नवनियुक्त गभर्नर डा.विश्वनाथ पौडेलसंग ‘भिड्ने’ स्पष्ट संकेत दिएकी छन् । 

गभर्नरको आफै मुख्य दावेदार रहेकी निलमले बुधबार नयाँ गभर्नरलाई स्वागत गर्ने क्रममै नयाँ गभर्नरसंग नझुक्ने बरु भिड्ने आफ्नो ‘मुड’ रहेको छर्लङग पारिन् । उनले पौडेललाई नयाँ गभर्नरको रुपमा भन्दा पनि आफ्ना ‘भाग खोसुवा’कोरुपमा लिएकोमा शंका छैन् ।

अर्का गभर्नर बमबहादुर मिश्र राष्ट्र वैंकका अरु कर्मचारीहरुसंगै लाइन लागेर नयाँ गभर्नरलाई स्वागत गर्न पुगेको बेला निलम भने अरु सामान्य दिनझैं कार्यकक्षमै बसिन । त्यतिमात्र होइन, गभर्नर पौडेल कार्यकक्षमा पुगेर अरु कर्मचारीबाट फुल र मालासहित बधाई थापिरहेको बेला पनि तिमिल्सिनाले वास्ता गरिनन् । केही समयपछि बल्ल गभर्नरको कार्यालयमा पुगेर मौखिकरुपमा बधाई दिइन । कुनै फूलमाला नलिई त्यत्तिकै गएकी उनलाई राष्ट्र वैंककै अर्का कर्मचारीले फूलको गुच्छा दिएर नयाँ गभर्नर स्वागत गर्न अनुरोध गर्दा उनले ठाडै अस्वीकार गरिन र फूलको गुच्छालाई आफू अगाडिको टेबुलमा राख्न लगाइन् । गभर्नर पौडेललाई दिइनन् । गभर्नर पौडेल, अर्का डेपुटी गभर्नर मिश्रसहित उपस्थित कर्मचारीहरु मुस्काइरहंदा पनि तिमिल्सिना गम्भिर बनिरहिन् । उनको अनुहारमा मुस्कान होइन, आक्रोस र प्रतिशोधको भावना झल्किएको त्यहाँ उपस्थित जो कसैले पनि स्पष्टै महसुस गरेका थिए ।

पौडेलसंग ‘काम नगर्ने’ ठहर गर्दै राजिनामा दिए अर्कै कुरा अन्यथा अबको १० महिना नेपाल राष्ट्र वैंकमा गभर्नर र डेपुटी गभर्नरबीचको द्वन्द्व चर्किने निश्चित जस्ताे   देखिएको छ । किनकी अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रसंगै डा.निलमको कार्यकाल आगामी फागुन २५ गतेसम्म छ । यो अवधिमा आफ्नै वरिष्ठ डेपुटी गभर्नरसंग रहने ‘३६’को सम्वन्धलाई मिलाएर गभर्नर पौडेलले कसरी काम गर्लान् ? त्यो थाहा पाउन भने केही महिना कुर्नैपर्छ ।




अन्ततः गभर्नरमा पाैडेल नियुक्त, उनीबाट शेयर बजारले गर्याे यस्ताे अपेक्षा

May 20, 2025 06:49 PM

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा प्रा.डा. विश्व पौडेललाई नियुक्त गरेको छ । औपचारिक नियुक्ति नहुँदै पौडेल गभर्नर हुने समाचार बाहिरिएपछि मंगलबारको शेयर बजार झन्डै आधा सेन्चुरीले  बढ्यो।