भारतमा २४२ जना सवार एयर एण्डियाको जहाज दुर्घटना, सबैको मृत्यु भएको आशंका

Jun 12, 2025 02:49 PM mero lagani



भारतमा २४२ जना मानिस सवार जहाज दुर्घटना भएको छ । आजतकका अनुसार दुर्घटनामा जहाजको अधिकांश हिस्सा जलेकोले त्यसमा सवार सबैको मृत्यु भएको आशंका गरिएको छ । 

अहमदावादबाट बेलायतको लण्डनको लागि उडेको एयर इन्डियाको बोइङ ७३७ जहाज गुजरातको राजधानी अहमदावाद नजिकैको मेघानीनगरमा विहिबार दिउंसो दुर्घटना भएको छ । जहाज उडान भए लगत्तै दुर्घटनामा परेको हो ।

जहाज दुर्घटना भएको क्षेत्रमा ठूलो आगोको मुस्लो देखिएको छ। साथै, कालो धुवाँ दूरबाटै देख्न सकिन्छ । अहिले त्यहाँ उद्धारको कार्य जारी छ । अग्नी नियन्त्रकहरुले आगो नियन्त्रण गर्न प्रयास गरिरहेका छन्।




‘लक इन पिरियड’ खुल्न लागेका हाइड्रोपावरमा संस्थापक लगानी गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण, कुन हाइड्रोपावरमा कसको लगानी कति ?

Jun 12, 2025 06:23 AM

बाबुकृष्ण महर्जन

पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावरका कम्पनीको शेयर मूल्य बढिरहेको छ। नेप्से घट्दा होस् या बढ्दा, हाइड्रोपावर समूह भने बढ्दो लयमा देखिएको छ ।