वर्षातले होइन, तिब्बतमा हिमताल फुटेर आएको बाढीले रसुवामा वितण्डा

Jul 08, 2025 02:02 PM mero lagani



मंगलबार बिहान ठूलो धनजनको क्षति हुने गरि रसुवामा गएको आएको बाढी आउनुको कारण वर्षात् नभएको खुलेको छ । 

विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’ का अनुसार भोटेकोशी जलाधार क्षेत्रमा सोमबार विहानदेखि सामान्य वर्षा भएको छैन । बाढी आइसकेपछि पनि रसुवा र रसुवासंग जोडिएको तिब्बती क्षेत्रमा वर्षा भएको छैन । वर्षा नभइकन बाढी आउनुको अर्थ तिब्बतमा रहेका हिमतालहरु फुटेको स्पष्ट हुन्छ ।

तिब्बतका कुन हिमताल फुट्यो र त्यसबाट त्यहाँ कति धनजनको यकिन हुन सकेको छैन । चिनिया समाचार संस्थाहरुले दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र, चीन र नेपाल बीचको सीमा नाका, ग्यारोङ बन्दरगाह नजिकै ठूलो पहिरो गएको र त्यसमामा परी चिनियाँ एघार जना र नेपाली छ जना चिनियाँ बेपत्ता भएको उल्लेख गरेका छन् ।

 

नेपालसंग जोडिएका तिब्बती क्षेत्रमा याला हिमनदी,लाङटाङ हिमनदी, खुम्बु हिमनदी, रोङबुक हिमनदी, लाइगु हिमनदीको साथै अनेकौं हिमतालहरु रहेका छन् । यी मध्ये कुन हिमतालमा विस्फोट भयो वा अचानक हिउं पग्लेर कुन हिमनदीको सतह एक्कासी बढ्दा मंगलबारको बाढी पहिरो आयो अझै यकिन हुन सकेको छैन ।

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तता नदी तटीय क्षेत्रमा बाढीको असर आकलनको लागि भूउपग्रहबाट तस्बिरहरु खिच्ने काम भैरहेको जानकारी दिएको छ ।

 




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।