Sat, Aug 16, 2025
साउन ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात बुधबार बढेको सुन र चाँदीको मूल्य यस दिन भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ३५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य यस दिन भने घटेको हो। यस दिन चाँदी तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २ हजार ४०० रुपैयाँ घटेको हो। बुधबारको बजारमा सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ। बुधबार तोलाको २ हजार ३५० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको चाँदीको मूल्य यस दिन भने घटेको हो। यस दिन चाँदी तोलाको २ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।
वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।