सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

Jul 27, 2025 10:46 AM Merolagani



साउन ११ गते, आईतबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दाे क्रममा रहेकाे छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । आज अर्थात आईबारको बजारमा चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।




वाणिज्य बैंकको लाभांश क्षमता ५ देखि ३८ प्रतिशतसम्म, दुई बैंकले लाभांश दिन नसक्ने

Aug 12, 2025 01:34 PM

वाणिज्य बैंकहरूमध्ये दश वटा बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। अहिलेसम्म प्रकाशित वित्तीय विवरणका आधारमा हेर्दा बैंकहरूको नाफामा सुधारसँगै अधिकांश वित्तीय सूचक पनि राम्रो देखिएको छ। बैंकहरूको लाभांश वितरण क्षमता ५ देखि ३८ प्रतिशतसम्म देखिएको छ।