विकास हाइड्रोपावरको शेयर सूचीकृत, कतिमा हाेला पहिलाे काराेबार ?

Aug 19, 2025 04:02 PM Merolagani



विकास हाइड्रोपावरको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज र विकास हाइड्रोपावरबीच प्रतिशेयर १ सय रुपैयाँ अंकित ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकरण सम्झौता भएको हो । नेप्सेले विकास हाइड्रोपावरको लागि (BHCL) कोड प्रदान गरेको हो ।

कम्पनीले प्रभु क्यापिटल मार्फत शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणमा कुल शेयरको ४९ प्रतिशत अर्थात ४४ लाख ५७ हजार ५ सय ९६ कित्ता र संस्थापकको ५१ प्रतिशत अथाृत ४६ लाख ३६ हजार ४ सय १७ कित्ता गरी ९० लाख ९१ हजार १३ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम भदौ १ गतेको निर्णय अनुसार सूचीकृत गरिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसारको कम्पनीको शेयर कारोबार भदौ ४ गतेबाट हुनेछ । नेप्सेले विकास हाइड्रोपावरलाई ९७ रुपैयाँ ४३ पैसादेखि २ सय ९२ रुपैयाँ ९२ पैसासम्मको रेञ्ज प्रदान गरेको छ । स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो शेयर कारोबार यही रेञ्ज भित्र बसेर हुने गर्दछ ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।