जीवन बीमा कम्पनीले आक्रामक रुपमा बढाए शेयर बजारमा लगानी, एक वर्षमा १९.१२ अर्बको लगानी साढे ३० अर्ब पुग्यो

Aug 24, 2025 10:26 AM Merolagani



आव २०८१/८२ मा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा ६० प्रतिशत लगानी बढाएका छन् । आव २०८०/८१ मा १९ अर्ब १२ करोड रुपैयाँ लगानी गरेका १३ वटा जीवन बीमा कम्पनीहरुले आव २०८१/८२ मा ५९ दशलब ५८ प्रतिशतले बढाएर ३० अर्ब ५२ करोड रुपैयाँ पुर्याएका छन् ।

बीमा कम्पनीहरुले आफ्नो लगानीको अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने गर्दछन्। बैंकिङ प्रणालीमा तरलता बढेर निक्षेपको ब्याजदर घट्न थालेपछि बीमा कम्पनीहरुले शेयर बजारमा लगानी बढाएको तथ्यांकले देखाएको छ। कुनै बेला वाणिज्य बैंकले नै १२ प्रतिशतसम्म मुद्दती निक्षेपमा ब्याज दिने गरेकोमा अहिले मुद्दती निक्षेपको ब्याजदर ५ प्रतिशतको हाराहारीमा छ। मुद्दती निक्षेपको ब्याज दरमा व्यापक गिरावटपछि अधिकांश जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी बढाएका छन्। नेपाल बीमा प्राधिकरणको लगानी निर्देशिकाको अधिनमा रहेर बीमा कम्पनीहरुले लगानी गर्ने गर्दछन्। प्राधिकरणले निर्दिष्ट गरेको विभिन्न क्षेत्रमध्ये शेयर बजारमा बीमा कम्पनीले कुल लगानीयोग्य रकमको १० प्रतिशतसम्म लगानी गर्न सक्ने प्रावधान रहेको छ।

जीवन बीमा कम्पनीहरु अन्तर्गत १४ वटा कम्पनी रहे पनि मेट लाइफले भने शेयर बजारमा लगानी गरेको छैन। बाँकी १३ वटा कम्पनीमध्ये सबैभन्दा कम लगानी सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानको ५४ करोड ६३ लाख रुपैयाँ रहेको छ। शेयर बजारमा लगानी गरेका १३ वटा जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा संस्थानले शेयरबजारमा लगानी झन्डै ७५ प्रतिशतले घटाएको छ। गत वर्ष कम्पनीको शेयर बजारमा लगानी २ अर्ब १५ करोड ९५ लाख रुपैयाँ थियो।

राष्ट्रिय बीमा संस्थान बाहेक सबै जीवन बीमा कम्पनीको शेयर बजारमा लगानी बढेको देखिएको छ। सबैभन्दा धेरै शेयर बजारमा लगानी हिमालयन लाइफ इन्स्योरेन्सले गरेको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार हिमालयन लाइफ इन्स्योरेन्सले शेयर बजारमा १० अर्ब ८५ करोड रुपैयाँ लगानी गरेको छन् जुन अघिल्लो वर्ष भन्दा ९१ दशमलब ७१ प्रतिशतले बढी हो। शेयर बजारमा लगानी गरेको रकम अनुसार हिमालयन लाइफपछि क्रमशः नेपाल लाइफ, सूर्य ज्योति लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), सन नेपाल लाइफ, रिलायल नेपाल लाइफ नेसनल लाइफ, सिटिजन लाइफ, आईएमई लाइफ , प्रभु महालक्ष्मी लाइफको लगानी १ अर्ब भन्दा बढी रहेको छ। सानिमा रिलायन्स लाइफ र एसियन लाइफको शेयर बजारमा लगानी एक अर्बभन्दा कम छ।

लगानी वृद्धि प्रतिशतको आधारमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर बजारमा आक्रामक रुपमा लगानी बढाएको देखिएको छ। अघिल्लो वर्ष २९ करोड ४६ लाख मात्रै रहेको सिटिजन लाइफको लगानी गत वर्ष ३ सय ३९ दशमलव ४१ प्रतिशतले बढेर १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ पुगेको छ। सन नेपाल लाइफ नेसनल लाइफ, सूर्यज्योति लाइफले पनि गत वर्षको तुलनामा शेयर बजारमा लगानी १ सय प्रतिशतभन्दा बढीले बढाएका छन्। 

गत वर्ष आईएमई लाइफको शेयर बजारमा लगानी ८४ दशमलब १२ प्रतिशतले बढाएको छ भने प्रभु महालक्ष्मी लाइफमा ४९ दशमलब ५५ प्रतिशत, सानिमा रिलाइन्यनसले ४६ दशमलब ४८ प्रतिशत, नेपाल लाइफले ४२ दशमलब १ प्रतिशत, रिलायवल नेपाल लायफले ४२ दशलब ७ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनले २८ दशमलब ६२ प्रतिशत र एसियन लायफले ४ दशमलब २७ प्रतिशतले शेयर बजारमा लगानी बढाएका छन्।




पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।