सुनको मूल्यमा भारि वृद्धि, चाँदीकाे मूल्यले रेकर्ड ब्रेक गर्ने तयारीमा

Aug 24, 2025 11:35 AM Merolagani



भदौ ८ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यामा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो भने चाँदी हालसम्मकै ऐतिहासिक उचाइमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, यस दिन चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ । आईतबार चाँदी तोलाको दुई हजार ३५० करोबार भएको छ । गत शुक्रबारको बजारमा दुई हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य अहिलेसम्मकै ऐतिहासिक उचाइमा पुगेर रेकर्ड ब्रेक गर्ने तयारीमा पुगेकाे हो ।




पूर्वअर्थमन्त्रीको मयुर नाचले सनसनी, प्रधानमन्त्री ओली समेत छक्क

Aug 22, 2025 03:11 PM

नृत्यकलामा समेत पारंगत रहेका पूर्वअर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माले बिहीवार काठमाडाैंमा आयोजित एक कार्यक्रममा गरेको नृत्यले धेरैलाई मोहित पार्यो ।