आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न नेक्सजेन म्यानेजमेन्टले बोलायो साधारण सभा

Aug 24, 2025 12:29 PM Merolagani



नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले असोज ३ गते, होटल एल्लो पगोडा, कान्तिपथ, काठमाडौँमा आठौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सर्वसाधारणमा ३० प्रतिशत शेयर जारी सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सहायक कम्पनी ‘एग्रो डेभलपमेन्ट फण्ड लिमिटेड’ मा गरेको लगानी अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।