वाणिज्य बैंकहरुले 'अटाे लाेन' बढाए

Aug 24, 2025 03:17 PM Merolagani



वाणिज्य बैंकहरुले गाडी कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको मुलुककाे वित्तीय स्थितिमा यस्ताे देखिएकाे हाे ।

तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकले गत वर्षमा १ खर्ब १३ अर्ब ७ करोड ९७ लाख रुपैयाँ गाडी कर्जा दिएका छन् । यो अघिल्लो वर्ष २०८०/८१ मा भन्दा बढी हाे ।

अघिल्लाे वर्ष वाणिज्य बैंकहरुले १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा गाडी कर्जा ५.८२ प्रतिशतले बढेको छ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।