इम्बोस्ड नम्बर देवनागरिक लिपीमा हुनुपर्ने भन्दै स्वतन्त्र युवाद्धारा आन्दोलन

Aug 27, 2025 01:40 PM merolagani



सरकारले सवारीसाधनको इम्बोस्ड नम्बर रोमन लिपीमा नभइ देवनागरिक लिपीमा हुनुपर्ने भन्दै स्वतन्त्र युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । 

जाग नेपाली अभियानअन्तरगत ती युवाहरुले इम्बोस्ड नम्बरमा नेपाली भाषा र लिपिकै प्रयोग गर्नुपर्ने भन्दै आन्दोलन गरेका हुन् ।

उनीहरुले विभिन्न प्लेकार्ड बोकेर आन्दोलन गरेका छन् । ‘इम्बोस्डका भष्ट्राचारीलाई जेल हाल, देवनागरिक लिपिको रक्षा गरौं, हाम्रो लिपि हाम्रो पहिचान, हाम्रो लिपि हाम्रो आत्मसम्मान’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।