हिमस्टार उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत

Aug 28, 2025 12:15 PM Merolagani



भदौ १२ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेड (HIMSTAR) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ३७ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर भदौ १५ गते अर्थात आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।