मिड साेलु हाइड्राेपावरद्वारा लाभांश घाेषणा, बाेनस सेयर कति प्रतिशत ?

Aug 28, 2025 04:55 PM merolagani



मिड साेलु हाइड्राेपावरले आर्थिक वर्ष (आव) २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव बिद्युत नियमन आयाेगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाइड्राेपावरकाे अहिलेकाे चुक्ता पूँजी ७४.८४ कराेड रहेकाे छ ।

 

 




स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट

Aug 28, 2025 10:37 AM

भदौ १२ गते, बिहीबार, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।