बाढीले क्षति पुर्याएपछि बन्द रहेकाे मान्डु हाइड्रोपावरबाट बिजुली उत्पादन सुरु

Aug 29, 2025 01:53 PM Merolagani



गत वर्ष असोज ११ र १२ मा बागमतीको बाढीले क्षतिग्रस्त २२ मेगावाटको मान्डु हाइड्रोपावरले बिहीवार देखि पूर्ण क्षमतामा पुनः विद्युत् उत्पादन थालेको छ । बिहीबारदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालिएको मान्डु हाइड्रोपावरले जनाएकाे छ ।

सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडक नै बाढीले क्षतविक्षत बनाएको थियो । मान्डु हाइड्रोले सडकको मर्मतसम्भार गरेर आयोजनास्थलसम्म पुग्ने बाटोसमेत खोलेर पुनर्निर्माणको काम अघि बढाएको थियो ।

मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा उत्पादन गृह राखेर विद्युत उत्पादन गर्दै आएको मान्डु हाइड्रोपावरका हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप र विद्युतकाे टावर बाढी र पहिरोले क्षतिग्रस्त बनेका थिए ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।