बुङ्गल हाइड्रोको आईपीओ पहिलो दिन नै ओभर सब्स्क्राइब्ड

Sep 02, 2025 06:24 AM Merolagani



बुङ्गल हाइड्रो लिमिटेडले हिजो अर्थात भदौ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ पहिलो दिन नै ओभर सब्स्क्राइब भएको छ। अर्थात कम्पनीको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो। सिडिएस एण्ड क्लिरिङ्गका अनुसार हिजो ५ बजेसम्ममा कम्पनीको आईपीओमा ६ लाख ३६ हजार ४८७ आवेदन मार्फत ७२ करोड ८ लाख ३६ हजार रुपैयाँबराबरको ७२ लाख ८ हजार ३६० कित्ता शेयर माग भएको छ। निष्काशित कित्ताका तुलनामा माग भएको कित्ता ४.२३ गुणा बढी हो। अर्थात कम्पनीको आईपीओ पहिलो दिन नै ४ गुणाभन्दा बढीले ओभर सब्स्क्राइब भइसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफेटवेयर मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।