भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट प्रसाई सम्मानित

Sep 02, 2025 04:18 PM Merolagani



प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएकाछन् ।

प्रसाई छैठौं एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्डबाट सम्मानित भएका हुन् ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समितिदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उनले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई  सम्मानित गरेका हुन् ।

एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा सम्मान प्रदान गरिदै आएको छ । नेपाल लगायत एसियाका विभिन्न देशका आफ्नो पेशा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।