'टुप्पोमा पुगेका शेयर किन्नु हुँदैन, गुदी भएका कम्पनी किन्नु'

Sep 02, 2025 06:43 PM Merolagani



शेयर बजार एक दिन बढेपछि दोस्रो दिन त्यसले निरन्तरता पाउन सकेको छैन । पछिल्ला दिनमा एक दिन बढेपछि दोस्रो दिन झन ठूलो अंकले घट्ने गरेको छ ।

मंगलवारको बजार १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा झरेको छ । यस दिन ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । शेयर बजारमा एक दिनको सकारात्मक पछि दोस्रो दिन झन धेरै बिक्री चाप आउने गरेको छ । जसले बजार साईडवयजमा छ भन्ने कुराको प्रष्ट संकेत गरेको पाइन्छ ।

अहिलेको बजार सूचकसँगै कारोबार रकम पनि घटेको छ । लगानी गर्न तयार भएको पैसा पनि बजारको अहिलेको अवस्था देखेर होल्ड भएको लगानीकर्ता बिमला लामिछाने बताउँछिन । अहिले लगानीकर्ताको मनोविज्ञान बलियो छैन । नियामक निकायले कतिबेला के नियम लागु गर्ने हो । नियामकले एक तिरबाट नीतिगत सहज बनाएको जस्तो देखिन्छ तर अर्को तर्फबाट बजारमा लगानी गर्नको लागि असहज पारेको लामिछानेको धारणा छ । बजारमा ठूला लगानीकर्तालाई सहज लगानीको वातावरण नबनाउने हो र सप्लाई कमजोर बनाउन माग बढाउने नीति नलिने हो भने बजार कहिल्लै उगो नलाग्ने उनको बुझाई छ । बजारमा आउने शेयर सप्लाई कम गर्नको लागि बैंकलाई लगानी गर्न सहज गर्नु पर्ने र गैर आवासिय लगानीकर्तालाई सहजै लगानी गर्न पाउने व्यवस्था गर्नु पर्ने लामिछानेको बुझाई छ ।

अर्कोतर्फ लगानीकर्ता पनि सचेत छैनन । उनीहरुले बजारमा गुदी भएका अर्थात बलिया कम्पनी भन्दा अप्रेटरले मूल्य उचालेका कम्पनीमा आकर्षित छन् । लगानीकर्ता सचेत भएर लगानी गर्ने हो भने शेयर बजार सुन्दर फूलबारी भएको संज्ञा उनले दिएकी छिन् ।

 




हिमालयन ८०–२० को प्रतिफल घोषणा

Aug 31, 2025 10:33 AM

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० (H8020) ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेको छ।