कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो । यो कुल कम्पनीको जारी पुँजीको ४० प्रतिशत हो । कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।