फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने

Mar 09, 2026 10:06 AM Merolagani



फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

फागुन २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश वितरण नगर्ने र सोही आर्थिक वर्षको वित्तीय विवरण पारित गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो।