एनआईसी एशिया लघुवित्तले लाभांश वितरण नगर्ने

Apr 20, 2026 09:33 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLSBL) ले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

बैशाख ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणमा नियमानकारी निकायको निर्देशन बमोजिम छुट्टाउनु पर्ने रकमहरुको व्यवस्था गरेपश्चात लघुवित्तको वित्तीय अवस्था थप सुदृढ र सबलिकरण गर्दै लैजाने उद्देश्यले लाभांश वितरण नगर्ने निर्णय गरेको हो। सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि सोही बैठकले गरेको छ।