रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Mar 21, 2024 05:40 AM Merolagani

रिडी पावर कम्पनी लिमिटेड (RIDI) ले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकोा हकप्रद शेयरमा आवेदन दिने आज (चैत ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।

अर्थात कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयर निष्काशन गरी प्राप्त पूँजीको प्रयोग तल्लो बलेफि जलविद्युत आयोजनाको आवश्यक स्वपूँजी रुपमा लगानी गर्नेछ। त्यसैगरी, बैंकहरुसँग ऋण सम्झौता सम्पन्न हुँदा कम्पनीको ऋण तथा स्वपूँजीको अनुपात ६७.३३ वा सोभन्दा राम्रो हुनुपर्ने प्रावधानका कारण पनि कम्पनीले हकप्रद शेयर निष्काशन गर्न लागेको बताएको छ।

comments powered by Disqus

रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने

Jun 26, 2024 06:32 PM

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृतिसँगै लगानीकर्ताहरुले पैसाको जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङकाे लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरकाे लागि आवेदन गर्नुपर्ने हुँदा साे रकम आवश्यक पर्ने भएकाे हाे ।