हकप्रद शेयर निष्काशन गर्न इन्स्योरेन्स र क्यापिटलले असार ११ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौता पत्रमा यूनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण रावल तथा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले यूनाइटेड अजोड इन्स्योरेन्सको प्रधान कार्यालय सुन्धारामा हस्तारक्षर गरेका हुन्।
गत जेठ ३१ गते सम्पन्न यूनाइटेड अजोड इन्स्योरेन्सको विशेष साधारण सभाले हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।