साेहि गाउँकी मणिराजकी छाेरी सीमाकाे विवाह देहरादुन निवासी सोनुसँग भएको थियो। सीमा आफ्ना छोराहरू राहुल र विवेक अनि छोरी सन्ध्यालाई लिएर माइत आएकी थिइन् ।
गत बिहीबार बेलुकी उनीहरू सबैले चाउचाउ र भात खाएका थिए । सीमा,उनकी आमा,छाेराहरू राहुल, विवेक र छोरी सन्ध्या, बहिनी सञ्जु र भाउजु सञ्जनाले पनि चाउचाउ र भात खाएका थिए ।जसकारण केही समयपछि सबैलाई बान्ता हुन थाल्यो र विस्तारै सबैको अवस्था बिग्रन थाल्यो ।उनीहरू ६ जनालाई फुड पाेइजनिङका कारण नै पेट दुख्ने, बान्ता हुने,पखाला लाग्ने समस्या देखिएकाे थियाे ।
शुक्रबार उनीहरू सबैलाई उपचारका लागि निजी क्लिनिकमा भर्ना गरिएको थियो । शुक्रबार राति उनको अवस्था बिग्रँदै गएपछि ७ वर्षिय रोहनको मृत्यु भएको थियो । बाँकी सबैलाई शनिबार एम्बुलेन्समा उपचारका लागि पुरनपुर सीएचसीमा भर्ना गरिएको थियो ।
![](https://images.merolagani.com/Uploads/Repository/638512111006996091.jpg)
त्यसपछि चिकित्सकले एक जनाको अवस्था गम्भीर देखेर जिल्ला अस्पताल रिफर गरेका थिए भने बाँकीको हाल सामुदायिक स्वास्थ्य केन्द्र सिएचसीमा उपचार भइरहेको छ ।
खाद्य निरीक्षकले लिए चाउचाउको नमूना
यस घटनापछि खाद्य निरीक्षक आफ्नो टोलीसहित घटना भएको घर पुगेका थिए । तर परिवारका सदस्यले सोही दिन चुलोमा चाउचाउको खाेल जलाएका थिए । त्यसपछि, प्रहरी प्रशासनसँगै खाद्य निरीक्षक चाउचाउ किनिएको पसलमा पुगेका थिए । खाद्य निरीक्षकले घटनास्थलमा भेटिएका सबै चाउचाउका प्याकेटको नमूना लिएका थिए ।
खाद्य निरीक्षक सतीश कुमारले के भने?
पिलिभीतका खाद्य निरीक्षक सतीश कुमारले परिवारका सबैजनाले चाउचाउ खाएको बताए । त्यसपछि सम्पूर्ण परिवार बिरामी परेकाे हाे ।
उनका अनुसार एक बालकको मृत्यु भएको छ भने ५ जना अझै बिरामी छन् । परिवारका सदस्यले चाउचाउको प्याकेट जलाइसकेकाले चाउचाउ किनेको पसलमा आएर घटनास्थलमा भेटिएका सबै चाउचाउको नमूना लिएकाे र अहिले अनुसन्धान भइरहेको निरिक्षकले बताए ।
एजेन्सी ।