नेकपा एमाले संसदीय दलको बैठक अहिले संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ । आगामी बजेट निर्माणको क्रममा रहेका बेला पूर्वअर्थमन्त्री खतिवडा बैठकमा सहभागी हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
खतिवडा एमालेका अर्थविज्ञ भएकाले उनलाई सहभागी गराइएको हो । सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते ल्याउँदैछ । त्यसअघि हिजो अर्थात मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम पेश भएको छ ।
तर उक्त नीति तथा कार्यक्रम नेपाली कांग्रेसको अवरोधका कारण संसदमा टेबुल हुन सकेको छैन । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै आएको छ ।