उनले गृहमन्त्री रवि लामिछानेलाई इंकित गर्दै समाचार लेखेकै भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशाेध लिएर प्रहरी प्रशासनकाे शक्ति र जिममेवारी दुरूपयाेग गरेकाे आराेप लगाएका छन् ।
विज्ञप्तीमा लेखिएकाेछ,'सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताकाे पसिनाकाे कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारवाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमकाे जिम्मवारी हाे, कान्तिपुरकाे समाचार राेकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेरा विरूद्ध प्रतिवाद आफै उजुरी गर्न लगाएर, साेधपुछ समेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएकाे हाे भन्नेमा शंका छैन ।'
'यी सबबीचमा पनि सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने बर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन,' विज्ञप्तीमा थप लेखिएकाे छ ।