नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

May 16, 2024 06:42 AM Merolagani

जेठ ३ गते, बिहीबार, नेपाल पुनर्बीमा कम्पनी (NRIC) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात जेठ ६ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले जेठ १७ गते, बिहीबार, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने

Jun 26, 2024 06:32 PM

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृतिसँगै लगानीकर्ताहरुले पैसाको जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङकाे लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरकाे लागि आवेदन गर्नुपर्ने हुँदा साे रकम आवश्यक पर्ने भएकाे हाे ।