तर, नेपाल सरकारले भोली अर्थात असार ३ गते सोमबार, सार्वजनिक बिदा दिने घोषणा गरेको छ। सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा) को अवसरमा बिदा घोषणा गरेको हो। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले असार १८ गते, मंगलबार, होटल भिष्वा, वीरगञ्ज, पर्सामा २३ औँ र २४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।